आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश
पाेखरा | माघ १५, २०८१
पोखरा: त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो ।
पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने पुलिसले सहज जित निकाल्यो ।
‘हार्ने समूह’ बाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेका हुन् । पुुलिसले यसअघि ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । आर्मी र ट्राभल इन्क्वारी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । ‘हार्ने समूह’बाट अंकविहीन रहेका आर्मी र ट्राभल इन्क्वारीले खेल्नेछन् ।
पुलिसले अब ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहने टोलीसँग इलिमिनेटर खेल्नेछ । ‘जित्ने समूह’ मा आयोजक टाइगर ग्रुप, सशस्त्र प्रहरी बल एपिएफ र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब छन् ।
अहिले ‘जित्ने समूह’ बाट महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा भइरहेको छ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

